
नेपालको भौगोलिक अवस्था र प्राकृतिक स्रोतसाधनसम्बन्धी यस बहुविकल्पीय प्रश्न (MCQ) सेटले नेपालका भौगोलिक क्षेत्र, जलवायु, वन, खनिज पदार्थ, जलस्रोत, कृषि योग्य भूमि तथा अन्य प्राकृतिक सम्पदाबारे तपाईंको ज्ञान बढाउन मद्दत गर्दछ। विद्यार्थी, प्रतिस्पर्धी परीक्षाका तयारी गरिरहेका व्यक्ति तथा ज्ञान अभिवृद्धि गर्न चाहने जोसुकैका लागि उपयोगी सामग्री।
Note: Answer Key अन्त्यमा रहेको छ ।
1. नेपालको सबैभन्दा नजिकको समुद्र बङ्गालको खाडी नेपालबाट कति टाँडा रहेको छ ?1. नेपालको सबैभन्दा नजिकको समुद्र बङ्गालको खाडी नेपालबाट कति टाँडा रहेको छ ?
क ११२५ किलोमिटर ख ११२७ किलोमिटर ग ११२९ किलोमिटर घ ११३५ किलोमिटर
2. चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन कुन हुन् ?2. चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन कुन हुन् ?
क ताप्लेजुङ र दार्चुला ख दार्चुला र पाँचथर ग बैतडी र ताप्लेजुङ घ बैतडी र डडेलधुरा
3. कोशी प्रदेशमा कतिवटा जिल्लाहरू रहेका छन्?
क १२ जिल्ला ख १३ जिल्ला ग १४ जिल्ला घ आठ जिल्ला
4. विश्वको सर्वाधिक होचो अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?
क सोलुखुम्बु ख धनकुटा ग संखुवासभा घ ताप्लेजुङ
5. नेपालको सबैभन्दा पुरानो नहर कुन हो ?
क कमला नहर ख गण्डक नहर ग देव नहर घ चन्द्र नहर
6. धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?
क मकवानपुर ख सिन्धुली ग चितवन घ ललितपुर
7. हिमालपारिका जिल्ला भनेर तलका कुन जिल्लालाई चिनिन्छ ?
क मनाङ ख मुस्ताङ ग माथिका दुवै घ कुनै पनि होइन
8. काठमाडौँबाट नजिक पर्ने हिमाल कुन हो ?
क अन्नपूर्ण ख भैरव टाकुरा ग धौलागिरी घ माछापुछ्रे
9. राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
क ३९ जिल्लामा ख ३५ जिल्लामा ग २३ जिल्लामा घ १२ जिल्लामा
10. जनघनत्व बढी भएको प्रदेश कुन हो ?
क बागमती ख कोशी प्रदेश ग मधेेश प्रदेश घ गण्डकी प्रदेश
11. उपमहानगरपालिका हुनका लागि कति जनसङ्ख्या आवश्यक पर्दछ ?
क १ लाख ख २ लाख ग ३ लाख घ ४ लाख
12. नेपालको सबैभन्दा ठूलो मूर्ति कुन हो ?
क बिरुपाक्ष ख बागेश्वरी ग बुढा नीलकण्ठ घ विश्वरुप
13. सगरमाथाको प्रवेशद्वार नाम्चे बजार कुन जिल्लामा पर्दछ ?
क ताप्लेजुङ ख सोलुखुम्बु ग तेह्रथुम घ धनकुटा
14. नेपालको समय ग्रिनबीच मानकभन्दा कतिले छिटो छ ?
क ५ घण्टा ४० मिनेट ख ५ घण्टा ४५ मिनेट ग ६ घण्टा ४० मिनेट घ ६ घण्टा ४५ मिनेट
15. सिंगलिला पर्वत कुन जिल्लामा पर्दछ ?
क पाँचथर ख इलाम ग ताप्लेजुङ घ धनकुटा
16. नेपालमा कति किसिमका लालीगुराँसहरू पाइन्छन् ?
क २८ किसिमका ख ३२ किसिमका ग ३४ किसिमका घ ३५ किसिमका
17. नमस्ते झरना कुन जिल्लामा पर्दछ ?
क भोजपुर ख सुनसरी ग सोलुखुम्बु घ धनकुटा
18. विराटनगरलाई सुरुमा कुन नामले चिनिन्थ्यो ?
क भैसालोटन ख पद्मकण्ठगिरी ग गोग्राह घ कुनै पनि होइन
19. सूर्यकुण्ड कुन जिल्लामा पर्दछ ?
क सप्तरी ख सुनसरी ग बारा घ धनुषा
20. महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग कुन हो ?
क लाहान ख नारायणगढ ग कावासोती घ इटहरी
21. माथिल्लो सगरमाथा अन्तर्गत नपर्ने जिल्ला कुन हो ?
क तेह्रथुम ख ओखलढुङ्गा ग सोलुखुम्बु घ खोटाङ
22. तलका मध्ये कुन जिल्लामा तीनवटा विमानस्थल छन् ?
क तेह्रथुम ख ओखलढुङ्गा ग सोलुखुम्बु घ खोटाङ
23. सबैभन्दा धेरै मुसलमान समुदाय रहेको जिल्ला कुन हो?
क सर्लाही ख बारा ग पर्सा घ रौतहट
24. ताप्केका लागि प्रसिद्ध स्थान कुन हो ?
ग बीरगञ्ज ख नेपालगञ्ज ग कलैया घ सिमरा
25. तीन लालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
क दोलखा ख सिन्धुली ग रामेछाप घ सिन्धुपाल्चोक
26. भैरव टाकुरा कुन जिल्लामा पर्दछ ?
क सिन्धुपाल्चोक ख रसुवा ग रामेछाप घ दोलखा
27. रुद्रायणी नाच नाच्ने नेपालको एकमात्र तलको जिल्ला कुन हो ?
क काभ्रेपलाञ्चोक ख ललितपुर ग भक्तपुर घ काठमाडौँ
28. सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?
क धादिङ ख गोरखा ग तनहु घ सर्लाही
29. हिमालहरूको देश्यावलोकन गर्ने स्थान दामन कुन जिल्लामा पर्दछ ?
क गोरखा ख मकवानपुर ग कास्की घ पर्वत
30. तमोरघैला ताल कुन जिल्लामा पर्दछ ?
क कास्की ख मकवानपुर ग चितवन घ रुपन्देही
31. क्षेत्रफलमा चौथो ठूलो जिल्ला कुन हो ?
क डोल्पा ख हुम्ला ग ताप्लेजुङ घ गोरखा
32. जैमुनीघाट तीर्थस्थल कुन जिल्लामा पर्दछ ?
क बाग्लुङ ख पर्वत ग म्याग्दी घ रोल्पा
33. भारतलाई छुने गण्डकी प्रदेशको जिल्ला कुन हो ?
क नवलपुर ख परासी ग रूपन्देही घ कपिलवस्तु
34. नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ?
क चन्दनाथ नगरपालिका ख खैरहनी नगरपालिका ग सितगंगा नगरपालिका घ सन्धिखर्क नगरपालिका
35. ठाकुरद्वार धार्मिक स्थल कुन जिल्लामा पर्दछ ?
क बर्दिया ख बाँके ग कैलाली घ कञ्चनपुर
36. बाल्मिकी आश्रम कुन जिल्लामा पर्दछ ?
क परासी ख चितवन ग नवलपुर घ रुपन्देही
37. सबैभन्दा कम स्थानीय तह रहेको जिल्ला कुन हो ?
क पूर्वी रुकुम ख रसुवा ग भक्तपुर घ माथिका सबै
38. सिन्जा कुन जिल्लामा पर्दछ ?
क कालिकोट ख जुम्ला ग जाजरकोट घ डोल्पा
39. घोडाभेडा प्रथा कुन जिल्लामा प्रचलित प्रथा हो?
क मुगु ख हुम्ला ग बाजुरा घ अछाम
40. छाउपडी मुक्त गरिएको पहिलो जिल्ला कुन हो ?
क डोटी ख अछाम ग कैलाली घ जाजरकोट
41. अपिनाम्पा संरक्षण क्षेत्र कुन जिल्लामा पर्दछ ?
क डडेलधुरा ख बैतडी ग हुम्ला घ दार्चुला
42. विश्वको सबैभन्दा सानो सिक्का कुन हो ?
क जावा ख मानाङ्क ग पण र पुराण घ गुणाङ्क
43. नेपालमा सबैभन्दा बढी चरा पाउने स्थान कुन हो ?
क चितवन उपत्यका ख जगदिशपुर ग अरुण उपत्यका घ सीमिकोट
44. नेपाल चीनबीचको नाम्चा नाका तलको कुन जिल्लामा पर्दछ ?
क हुम्ला ख मुगु ग ताप्लेजुङ घ मुस्ताङ
45. विराटनगरको पुरानो नाम के हो ?
क कान्तिपुर ख भिक्षाखोरी ग गोग्राह घ भादगाउँ
46. सुरुमा सरोवर कुन जिल्लामा पर्दछ ?
क बझाङ ख बाजुरा ग अछाम घ डोटी
47. लार्के पहाड कुन जिल्लामा पर्दछ ?
क गोरखा ख ताप्लेजुङ ग मुगु घ हुम्ला
48. नेपाललाई सात प्रदेशमा तलकामध्ये कहिले विभाजन गरिएको हो ?
क वि सं २०७२ असोज ३ गते ख वि सं २०७३ फागुन २७ गते ग वि सं २०७५ माघ ७ गते घ वि सं २०७३ असोज २ गते
49. नेपालको सर्वोच्च हिमश्रोत भएको नदी कुन हो ?
क दूतकोशी ख तामाकोशी ग त्रिशुली घ कन्काई
50. Hill of Station भनेर कुन पर्वतलाई चिनिन्छ ?
क हिमालय पर्वत ख महाभारत पर्वत ग विराट पर्वत घ चुरे पर्वत
Answer Key
| १. ख | २. क | ३. ग | ४. ग | ५. घ | ६. ख | ७. ग | ८. ख | ९. ख | १०. ग |
| ११. ख | १२. ग | १३. ख | १४. ख | १५. ग | १६. ख | १७. घ | १८. घ | १९. ख | २०. घ |
| २१. क | २२. ख | २३. घ | २४. क | २५. ग | २६. क | २७. ख | २८. क | २९. ख | ३०. ग |
| ३१. घ | ३२. क | ३३. क | ३४. ग | ३५. क | ३६. क | ३७. क | ३८. ख | ३९. क | ४०. ख |
| ४१. घ | ४२. क | ४३. ग | ४४. ख | ४५. ग | ४६. क | ४७. क | ४८. क | ४९. ख | ५०. क |
