Hetauda Hospital मा विभिन्न 11 पदमा विज्ञापन- 2083

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले स्वीकृत दरबन्दीका रिक्त पदहरूमा “चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८” बमोजिम करारमा पदपूर्ति गर्न पन्ध्र दिने सूचना प्रकाशित गरेको छ। मेडिसिन, नर्सिङ तथा प्रयोगशाला सेवा गरी जम्मा एघार पदमा विज्ञापन प्रकाशन गरेको छ।

hetauda hospital vacancy
hetauda hospital vacancy

थप विवरण

  • सेवा अवधि: चालु आ.व. २०८३/०८४ को लागि। प्रदेश लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भई पदपूर्ति भएमा वा सरुवा भई हाजिर हुन आएमा करार सम्झौता स्वतः अन्त्य हुनेछ। नतिजाको योग्यता क्रमको आधारमा तल्लो क्रमबाट हटाइनेछ।
  • उमेर हद: स्थायी स्वीकृत दरबन्दीको रिक्त अधिकृत तहमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक तहमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।
  • सम्पर्क मिति: २०८३/०६/१३ गते
  • परीक्षाको किसिम: अन्तर्वार्ता
  • दरखास्त दस्तुर: नवौं तहका लागि रु.२,०००/-, आठौं र सातौं तहका लागि रु.१,२००/- र पाँचौं तहका लागि रु.७००/- राष्ट्रिय बाणिज्य बैंकमा रहेको नेपाल सरकारको राजस्व खाता नं. १०००२०००१०००० (कार्यालय कोड ३७००५३२०१३, राजस्व नं. १४२२४) मा जम्मा गरी सक्कल भौचर पेश गर्नुपर्ने।
  • दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू, सम्बन्धित परिषद्मा दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रतिलिपि, विषय सम्बन्धी १५ दिन भन्दा बढीको तालिम पत्र (भए), अनुभव सम्बन्धी कागजातहरू, र विदेशी शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्रको प्रतिलिपि।
  • दरखास्त तथा बैंक भौचर बुझाउने स्थान: मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल, प्रशासन शाखा।
  • दरखास्त दिने अन्तिम मिति: २०८३ असोज १२ गतेसम्म कार्यालय समय भित्र। सो दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको भोलिपल्ट कार्यालय समयभित्र।
  • पाठ्यक्रम: लोकसेवा आयोगले सम्बन्धित पदका लागि तयार गरेको पाठ्यक्रम बमोजिम।
  • नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ मा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने।
  • सम्बन्धित परिषद्मा नाम दर्ता तथा नवीकरण भएको हुनुपर्ने।
  • अदालतबाट कसुरदार नठहरिएको र प्रचलित कानुनअनुसार योग्य हुनुपर्ने।
  • दरखास्त फारम हेटौंडा अस्पतालको वेबसाइट www.hetaudahospital.gov.np मार्फत डाउनलोड गरी भर्न सकिने।
  • विस्तृत जानकारीको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल, प्रशासन शाखा वा सम्पर्क नं. ०५७-५२०४०९ मा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने।

आधिकारिक वेबसाइट

Scroll to Top