Skype May 5 मा बन्द हुँदै: माइक्रोसफ्ट Teams मा कसरी सार्ने ?

Skype, सन् २००० को दशकको सुरुमा चर्चित बनेको भिडियो कलिङ प्लेटफर्म अन्ततः बन्द हुन गइरहेको छ। यो सेवा पहिलेजस्तो लोकप्रिय नभए पनि, माइक्रोसफ्टका अनुसार अझै पनि ३६ मिलियनभन्दा बढी मानिसहरू दैनिक रूपमा आफ्ना साथीभाइ, परिवार र सहकर्मीहरूसँग जडान गर्न स्काइप प्रयोग गर्छन्।

Skype is retiring 2025
Skype Image(Microsoft)

Blogpost मा, Microsoft ले पुष्टि गरेको छ कि Skype ५ May , २०२५ मा बन्द हुनेछ। प्रविधि क्षेत्रको विशाल कम्पनी माइक्रोसफ्टले बिस्तारै स्काइपका सुविधाहरू हटाउँदै आएको छ। गत वर्ष डिसेम्बरमा, माइक्रोसफ्टले स्काइप नम्बरहरूका लागि क्रेडिट बिक्री बन्द गर्यो, जसले प्रयोगकर्ताहरूलाई कुनै पनि स्थानमा जोसुकैलाई कल गर्न अनुमति दिन्थ्यो।

सन् २००३ मा पहिलो पटक लञ्च गरिएको स्काइप सबैभन्दा लोकप्रिय भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (VOIP) प्लेटफर्महरू मध्ये एकका रूपमा उदायो, र माइक्रोसफ्टले सन् २०११ मा यसलाई ८.५ अर्ब डलरमा खरिद गरेको थियो। त्यसपछि, माइक्रोसफ्टले स्काइपलाई प्रतिस्पर्धी बनाउन पुनः डिजाइन गरेको थियो, विशेष गरी iMessage सँग टक्कर दिन। साथै, यसलाई विन्डोज, अहिले बन्द भइसकेका विन्डोज फोनहरू, र Xbox जस्ता आफ्नै उत्पादनहरूसँग एकीकृत गर्ने प्रयास पनि गरेको थियो ।

स्काइप अधिग्रहण गरेपछि, माइक्रोसफ्टले यसलाई पुनर्जीवित गर्न विभिन्न प्रयोगहरू गर्दै नयाँ सुविधाहरू जस्तै Skype Clips तथा गत वर्ष Copilot AI एकीकरण समेत प्रस्तुत गरेको थियो। तर, कम्पनीले COVID-19 महामारीको समयमा स्काइपलाई लोकप्रिय बनाउन असफल भएपछि, यो प्लेटफर्म प्रायः उपेक्षित नै रह्यो।

यद्यपि, माइक्रोसफ्टले Skype को प्रविधि प्रयोग गरेर Teams निर्माण गर्‍यो, जुन व्यवसायहरूका लागि सहज सञ्चार प्रदान गर्न डिजाइन गरिएको नयाँ सेवा हो।

How to switch from Skype to Microsoft Teams?

Microsoft भन्छ कि “आगामी दिनहरूमा, हामी स्काइप प्रयोगकर्ताहरूलाई आफ्नै स्काइप प्रमाणहरू (credentials) प्रयोग गरेर कुनै पनि समर्थित उपकरणमा Teams (निःशुल्क) मा Sign In गर्न सक्ने सुविधा प्रदान गर्नेछौं।”

जब प्रयोगकर्ताहरू आफ्नो Skype खाताबाट Teams मा लगइन गर्छन्, तिनीहरूको च्याट र सम्पर्कहरू (contacts) स्वचालित रूपमा एपमा सारिनेछन्, जसले प्रयोगकर्ताहरूलाई पहिले जहाँ छोडेका थिए त्यहीँबाट सहज रूपमा निरन्तरता दिन सहायता गर्नेछ।

यसैबीच, माइक्रोसफ्टका अनुसार Teams प्रयोगकर्ताहरूले Skype प्रयोगकर्ताहरूसँग कल र च्याट गर्न सक्नेछन्, र Skype प्रयोगकर्ताहरूले पनि Teams प्रयोगकर्ताहरूसँग त्यसै गर्न सक्नेछन्।

यदि तपाईं Teams मा माइग्रेसन गर्न इच्छुक हुनुहुन्न, भने माइक्रोसफ्टले तपाईंलाई आफ्नो च्याट, सम्पर्कहरू (contacts), र call history export गर्ने विकल्प पनि उपलब्ध गराउनेछ।

यदि तपाईं Teams मा सर्न चाहनुहुन्छ भने, आफ्नो Device मा एप डाउनलोड गरी Skype credentials प्रयोग गरेर लगइन गर्नुहोस्। त्यसपछि, तपाईंले सबै सम्पर्कहरू (contacts) र च्याटहरू app मा सहजै देख्न सक्नुहुन्छ।

जो उत्सुक छन्, तिनका लागि माइक्रोसफ्टले पुष्टि गरेको छ कि हालका Skype subscribers प्रयोगकर्ताहरूले आफ्नो स्काईप क्रेडिट (Credits) र सदस्यता (subscriptions) आफ्नो अर्को नवीकरण (renewal) अवधि सम्म प्रयोग गर्न सक्नेछन्।

त्यसैगरी, Skype डायल प्याड (Dial Pad) स्काईप वेव पोर्टल र Teams एप भित्र उपलब्ध रहनेछ।

To reach more article visit our site computerkite

Lavdev Awasthi

Author

Lavdev Awasthi is an Author of ComputerKite and the creator behind the EduByte YouTube channel. he is currently pursuing his Master of Information Technology (MIT) at Purbanchal University. Through ComputerKite, Lavdev shares tailored Computer Science learning materials and resources specifically designed for SEE, NEB, and Loksewa students across Nepal.

42 Posts Contributed

Published March 2025. Last verified: March 2025.

Scroll to Top