धेरै प्रयोगकर्ताले eSewa चलाउँदा एउटा प्रश्न सोध्नुहुन्छ, NID verify नगरी काम चल्छ कि चल्दैन? भन्ने। कुरा के हो भने, कतिपय feature हरू (जस्तै high amount को transaction वा केही खास service) NID verify नभएसम्म पूर्ण रूपमा खुल्दैनन्। त्यसैले यदि तपाईंसँग National ID card छ भने, verify गरिहाल्नु नै ठीक हुन्छ। तरिका खासै झन्झटिलो छैन, मोबाइलबाटै ५ मिनेटमा सकिन्छ।
तल स्टेप बाई स्टेप तरिका दिइएको छ।
eSewa मा NID Card Add तरिका
Step 1: NID Verification खोज्नुहोस्
सबैभन्दा पहिले eSewa app खोल्नुहोस् र माथिको Search box मा NID टाइप गर्नुहोस्। Search result मा NID Verification भन्ने option देखिन्छ, त्यसमा click गर्नुहोस्।

Step 2: National ID छ कि छैन भनेर छान्नुहोस्
अब screen मा दुईवटा option आउँछ:
- Yes, I have National ID
- No, I don’t have one yet
तपाईंसँग National ID card भइसकेको छ भने Yes, I have National ID मा click गर्नुहोस्।

Step 3: Card को फोटो अपलोड गर्नुहोस्
अब तपाईंले आफ्नो NID card को फोटो अपलोड गर्न सक्नुहुन्छ, या त्यहीं क्यामेराबाट खिचेर पनि दिन सकिन्छ। फोटो खिच्दा light राम्रो भएको ठाउँमा खिच्नुस्, नत्र detail राम्ररी नआउन सक्छ र फेरि दोहोर्याउनु पर्छ।
Step 4: Detail Review गर्नुहोस्
Card अपलोड गरेपछि त्यसमा भएको detail screen मा आफैं देखिन्छ। यो ठीक छ कि छैन राम्ररी हेर्नुहोस्। Issue Date आफैं राख्नुपर्ने हुन्छ, र address मिलेन भने त्यहीं सच्याउन पनि पाइन्छ।

Step 5: Declaration र Submit
सबै detail ठीक छ भन्ने लागेपछि I hereby declare भन्ने option मा click गर्नुहोस्, त्यसपछि Submit थिच्नुहोस्।

Step 6: Submit भएको confirm गर्नुहोस्
Submit गरेलगत्तै तपाईंको NID successfully submit भएको message आउँछ। OK मा click गरेर टाल्नुहोस्।
Step 7: Status हेर्दै जानुहोस्
Submit गरेपछि status Pending Review मा जान्छ। यो review हुन केही समय लाग्छ, कहिलेकाहीं केही घण्टामै हुन्छ, कहिलेकाहीं एक दुई दिन पनि लाग्न सक्छ। Approve भएपछि app मै notification आउँछ।

यदि Submit गर्दा फोटो blur भयो वा detail auto-fill भएन भने, फोटो फेरि राम्रो light मा खिचेर पुनः प्रयास गर्नुहोस्, धेरैजसो समस्या त्यहीं समाधान हुन्छ।
Watch Guide video
Frequently Asked Questions
सामान्यतया केही घण्टादेखि १-२ दिनसम्म लाग्छ। धेरैजसो case मा चाँडै नै हुन्छ।
पहिले फोटो र detail फेरि जाँच्नुहोस्। समस्या भेटिएन भने eSewa को customer support मा सम्पर्क गर्नुहोस्।
मिल्दैन। NID card नभएसम्म Step 2 मा “No, I don’t have one yet” नै छान्नुपर्छ, र त्यो option ले अर्कै प्रक्रियामा लैजान्छ।
दुवैले काम गर्छ, तर NID भइसकेको छ भने NID नै राख्नु सजिलो हुन्छ किनभने detail auto-fill हुने सम्भावना बढी हुन्छ।
एकपटक approve भइसकेपछि फेरि गर्नुपर्दैन, त्यो permanent रहन्छ।
Published September 2026. Last verified: September 2026.
